काठमाडौं, २४ भदौ– संविधान सभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेकाछन् ।च्यासलस्थित पार्टी मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा श्रद्धासुमन व्यक्तगर्न नेता तथाकार्यकर्ताको बाक्लो उपस्थिति छ ।
आजदिनभर नेम्वाङको शवपार्टी कार्यालयमा राखिनेछ ।
