नेपालको राजनीतिमा उहाँको अभाव खड्किरहन्छ: एमाले सचेतक बर्तौला

२६ भाद्र २०८०, मंगलवार १४:२२


काठमाडौं, २६ भदौ– नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेपालको राजनीतिमा संविधान सभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अभाव सदैव खड्किरहने बताएका छन् ।

मंगलबार संविधान सभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष नेम्वाङको अन्तिमश्रद्धाञ्जलीका लागि टिचिङबाट च्यासल लैजाने क्रममा सञ्चारकर्मीसंग छोटो प्रतिक्रियादिदैँ उनले सिङगो देशले एउटा अभिभावक गुमाएको बताएका छन ।

उनले भने,‘सिङगो देशले एउटा अभिभावक गुमाएको छ । नेपालको राजनीतिमा उहाँको अभाव खड्किरहन्छ । उहाँ सबैलाई मिलाउन सक्ने क्षमता योग्यता र सामर्थ भएको व्यक्तिहुनुहुन्थो । उहाँको निधनले देशलाई ठुलो क्षतीपुगेको छ । ’ सोमबार बालुवाटार स्थित निवासमै हृदयघात भएपछि महाराजगञ्जस्थित त्रिविशिक्षण अस्पतालमा पु¥याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।