उपाध्यक्ष नेम्बाङको निधनमा, एमालेले तीनदिन पार्टीको झण्डा आधा झुकाउने, सबै कार्यक्रम स्थगित

२६ भाद्र २०८०, मंगलवार १२:५४

काठमाडौं, २६ भदौ– एमालेले पार्टीका उपाध्यक्षएवं संसदीयदलका उपनेता सुवास नेम्वाङको निधनको शोकमातीनदिनसम्म पार्टीको झण्डा आधाझुकाउने निर्णय गरेको छ ।

पार्टी केन्द्री कार्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी तथाजनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित उप महासचिवप्रदीप ज्ञवालीले जानकारी दिएका छन उनले भने ‘पार्टीको तर्फबाट अस‘यो बैठकले सुवासचन्द्र नेम्वाङ्को योगदानको मूल्यांकनगर्दै एउटा विशेष शोक प्रस्तावपारित गरेको छ ।

सबै पदमा कुशलताका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने, नेपालको राजनीतिक आन्दोलनमा लामो समयसम्म उहाँको अभाव रहिरहने छ । ’ उनले भने ‘उहाँको सम्मानमा तीनदिन सम्म देशका सबै पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधाझुकाइने छ ।

पार्टीको केन्द्रीयकार्यालय प्रदेश कार्यालयहरु र इलामको हकमाउहाँको निर्वाचन क्षेत्रमाशोक पुस्तिका राख्ने, पार्टीसँग सम्बन्धीत सबै कार्यक्रमहरुलाई तीनदिनसम्म स्थगित गरेका छौ ।

’ त्यस्तै असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले जानकारी दिएका छन । नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि सचिवालयले निर्णय गरेको छ ।