काठमाडौं, २६ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।
मंगलबार बिहानैउनले ट्वीटमार्फत्नेम्वाङको निधनले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका हुन् । पौडेलले ट्वीटमा लेखेका छन् ‘संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध बनाएको छ ।’
उनले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । ट्वीटमा थप लेखिएको छ ‘दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’
