१० सहसचिवको सरुवाः अध्यागमनको डीजीमातामाङ, ६ जिल्लाका सीडीओ फेरिए

२५ भाद्र २०८०, सोमबार १८:५७

काठमाडौं, २५ भदौ–गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । विभागका यस अघिका महानिर्देशक झलकराम अधिकारी लाई मन्त्रालयमा तानिएको छ ।

तामाङ राष्ट्रिय जोखिमन्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीको पनि सरुवा भएको छ ।

सुबेदीलाई दाङको सीडीओ बनाइएको छ भने दैलेखका प्रमुख जिल्लाअधिकारी गोगन बहादुर हमाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।

रुपन्देहीका सीडीओ भरत मणि पाण्डेलाई गृहले मन्त्रालयमा तानेको छ गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको सिडियोमा सरुवा गरिएको छ ।

त्यसैगरी मन्त्रालयमा सहसचिव शिवराम गेलाल लाई महोत्तरीको सीडीओमा सरुवा गरिएको छ । महोत्तरीका सीडीओ दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका सीडीओ रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ ।