विराटनगर, २५ भदौ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, वैदेशिक रोजगारीमा रहेका युवाहरूको भविष्यको लागि गम्भीरता पूर्वक लागिरहेको बताएका छन् ।
आज (सोमबार) विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेश स्तरीय सन्देश सभा कार्यक्रम लाई सम्बोधनगर्दै उनले विदेशमा रहेका युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन नहुने भन्दै उनीहरुको सुरक्षा, आत्मसम्मान र रोजगारी सिर्जना गर्न सरकार गम्भीरतापूर्वक लागेको बताए ।
उनले भने, “यसपटक मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौं नेपाली युवाहरू प्रति छ। उनी हरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन।
त्यसैले यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनी हरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देश भित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसमा गम्भीरता पूर्वक लागेको छ ु।
विदेशमा रहेका लाखौं युवाहरू लाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रक्रिया सुरू गरेका छौँ । केही महिना भित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरू लाई कोषमा आवद्ध गर्छौं।
“ उनले देशभित्रै केही गर्न चाहाने युवा हरूको लागि वातावरण बनाउने जिम्मेवारी राज्यको भएको भन्दै त्यसको लागि १३ देशमाकार्यरत नेपाली राजदूतबोलाएर अन्तरक्रिया सुरू गरेको बताए । उनले भने,“आजबाट विभिन्न १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तरक्रिया सुरू गरेको छ ु।
विदेशमा रहेका नेपाली कामदार हरूका समस्या के छन् र कसरी सम्बोधन गर्ने भन्ने गम्भीर छलफल गर्छौं। सामाजिक न्याय, सुशासन र समृद्धिबाट नै समाजवादको आधार तयार पार्न सकिने भन्दै त्यसको लागि सरकारले कठोर कदमचालेको बताए ।
प्रदेशको नामाकरण बारे बोल्दै सामाजिक सद्भाव खल्बलाउने र जातीय द्वन्द्व भड्काएर परिवर्तनका उपलब्धी उल्टाउने बहाना खोजिरहेका अवस्थामा विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिने उनको भनाई छ ।
