प्रधानमन्त्रीलाई धोका दिने काम म बाटहुँदैन: मन्त्री किराती

२५ भाद्र २०८०, सोमबार १८:४५

काठमार्डौं, २४ भदौ–संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यो बेला नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु भएको टिप्पणी गरेका छन् ।

बौद्वजागरण केन्द्र द्वारा आयोजित कार्यक्रम लाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो आफू प्रधानमन्त्रीलाई धोका दिने पक्षमा नरहेको बताएका छन ।

मन्त्री किरातीले भने “ यो सरकार प्रतीआमजनताको आशाजागेको छ । प्रधानमन्त्रीले पनि हामी क्याविनेट मन्त्रीहरुबाट ठूलो अपेक्षा राख्नु भएको छ यो अवस्थामा म बाट प्रधानमन्त्री लाई धोका हुने छैन ।

प्रधानमन्त्री लाई धोका दिनु भनेको देशलाई धोका दिनु हो ।’त्यस्तै यो सरकार गठन पछि धेरै काम भईरहेको जिकिर गर्दै जनतामा बिस्तारै आशाजागेको दाबी गरे ।

उनले भने ‘प्रधानमन्त्रीको यो स्प्रीडलाई समात्नु मेरो पहिलो कर्तव्य हो । मलाई घरी घरी आफ्नै मान्छेहरु बाट नाजायज काम गराउन दबाब न भएको होइन तर म कदापि गलत कामगर्दिन बरु म पद त्याग्नतयार छु ।’

उनले आफूलाई भेट्न आउनेहरु माथि समेत शंकालाग्ने गरेको तर्क गरे । उनले भने, ‘दलाल हरु मलाई भेट्न आँट गर्दैनन कि आफ्नै मान्छेको भेष भुषा मासिखण्डी बनेर आएका हुनकि संङ्कालाग्छ ।

कृपयात्यसो नगर्नुहोस देशको मुखेन्जी तपाई संगको सम्बन्ध मेरो लागि केहि पनिहोइन । देश भन्दा माथि न म छु न मेरो पद छ ।

जीवनको बाजीथापेर देशबनाउने काममा लाग्नु हो । राजनीति भनेको जीवनको शुख र भोग बिलासको लागीहोइन ।’ उनले भने ।