काठमाडौं, २५ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले, सरकारलाई आन्दोलन कसरी गर्नु पर्छ भन्ने देखाउने बताएका छन ।
आज (सोमबार) पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले, राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने बताएका हुन ।
उनले भने, ‘प्रधानमन्त्री लाई चुनौतीदिन चहान्छु, अब तपाईका आन्दोलन गर्ने दिन गए जनताले प्रधानमन्त्री बनाएको हो जनताको काम गरौं, जनताको काम गर्न सकेन भने घरमा गएर बसौं किन भने धेरै फुर फुर नगरौं आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा हामीले देखाउँछौ ।’
उनले भने ‘राष्ट्रवादी शक्तिले देखाउँछ । राष्ट्रियताको सवालमाहामी एकजुट छौ ।’ उनले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री द्वय माधव कुमार नेपाल र बाबुराम भट्राई लाई कारबाही नभए कडा आन्दोलन सुरुगर्ने बताएका छन ।
उनले भने, ‘बालुवाटारको जमिन प्रकरणमा पूर्व प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराई लाई प्रक्राउ गर्ने आन्दोलन हुन्छ, आन्दोलन २७ गतेबाट सुरु हुन्छ ।
यो हाम्रो प्रधानमन्त्रीलाई खुलाचुनौती हो । जब नेताहरुको नाम आउँछ त्यो प्रकरण सेलाएर जान्छ, हाम्रो आन्दालन यस्तै भ्रष्टचारका विरुद्धमा हो ।’
उनले आफ्नो आफू हरुको आस्थामाथि पटक पटक खेलबाड भएको भन्दै आक्रोश पोखे । ‘हाम्रो आस्थाको कुरालाई आँचआउँने कुरा गरे अतिवादीन हुुने तर जसले यस्तो काम नगरन् भनेको छ त्यो चाही अतिवादीहो ।
हाम्रो संस्कृतिलाई प्रभावपार्ने नै अतिवादी र आतंकवादीपनिहुन् उनीहरुलाई ठिक कसरी गर्ने त्यो हामीलाई थाहा छ । ’ उनले भने । संविधान मागाई मार्यो भने तीनवर्षको सजाँय भएपनि गृहमन्त्री जात्रा हेरेर डलर खाएर बसेको उनको आरोप छ ।
