काठमाडौं, २४ भदौ–पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले, सरकार आफैँले आतंककारी लाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।
तेजाव आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकमा हुन ।
उनले मानिसको नामै लिएर सार्वजनिक रुपमै ज्यानमार्ने धम्कीदिदाँ समेत सरकारले केही गर्न नसकेको आरोप लगाए । उनले भने,‘आतङककारी हरुलाई सरकार आफँैले प्रोत्साहित गरिरहेको छ ।
बढाई रहेको छ । स—परिवार मार्छु भनेर धम्कीदिन्छ । त्यस्ता लाई नियन्त्रणमा लिदैन् । अस्ती खुकुरी हान्छु भन्ने मान्छेले ४ दिन अगाडी नै खुकुरी हान्छु भनेर माईती घरमा खुट्ट उचालेको थियो ।
मानिसको नामलिएको थियो सरकार कानमा तेल हालेर बसेको थियो ।’अध्यक्ष ओलीले मानव जातिबाट नै बिभिन्न जघन्य अपराध,कूकर्म हुने गरेको स्मरणगर्दै पछिल्लो समय झनै मानिसहरु स्वार्थी हुदैँ गएको बताए ।
उनले भने,‘आजको जमानामा जहाँ मानव जातिले यति ठूलो विकास गरेको छ र मानव जाति आफुँलाई यति सभ्यठान्छ तर अरु प्राणी या जीवबाट यस्ता जघन्य अपराध,कूकर्म हुदैन् ।
मानव जाति बाटै हुन्छ ।सचेत छ तर सदुपयोग मात्र नभएर दुरुपयोग पनि गरिरहेको छ । चेतना छ सचेत छैन् । स्वार्थी छ अमानवीय छ यसरी समाजलाई विगारेको छ ।’
उनले तेजाव आक्रमण विरुद्धको आवाज संसदमा झनै प्रभावकारी ढंगले उठाउने पनि बताएका छन ।
