काठमाडौ, २५ भदौ– रौतहटमा करेन लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको परोहा नगरपालिका–६ भेडियाही टोल बस्ने ४० वर्षीया सुनिता पटेल रहेकी छन ।
आइतबार साँझ करेन्ट लागेर पटेको मृत्यु भएको छ । आफ्नै घरको छतमा विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको परोहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
