जातीय द्वन्दको षड्यन्त्र सफल हुन दिदैनौँ: गृह मन्त्री श्रेष्ठ

२५ भाद्र २०८०, सोमबार १५:३९


काठमाडौ, २४ भदौ– उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, जातीयद्वन्द्व फैलिने खालका कुनै पनि षड्यन्त्र सफल हुन नदिने बताएका छन ।

आज (सोमबार) ललितपुरमा ज्यापु समाजको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै उनले, जाति र भाषाको नाममा समुदायबीच द्वन्द उत्पन्न गराउने दुष्प्रयत्न भइरहेको बताएका छन ।

उनले नेपाली हरु बीचको सद्भाव सहिष्णुता को विशेषता लाई कमजोर पार्ने कुनै पनिषड्यन्त्र सफल हुननदिने बताए । उनले भने, ‘जातीयभाषिक समुदायको बीच धार्मिक समुदायको बीच द्वन्द्व, संघर्ष पैदा गराउने एउटा वा अर्को कोणबाट दुष्प्रयत्न भइरहेको पनि हामी देख्न सक्छौँ ।

जो अन्जानमात्यस्तो काममा सामेल हुनुभएको छ । उहाँहरुले हाम्रो मौलिक पहिचान बुझिदिनुहोला र आफूलाई सच्याउनु होला । जसले नियोजित ढङ्गले यस्तो काम गरेको छ ।

नेपालीहरु बीच सद्भाव सहिष्णुताको विशेषता लाई कमजोर हुनदिने छैनौं कुनै पनि षड्यन्त्र सफल हुनदिने छैनौं ।’ उनले समाज लाई आधुनिकी करण गर्ने नाममा आफ्नो परम्परा र संस्कृति लाई बिर्सन नमिल्ने तर्क गरे ।

आफ्नो पहिचान र लोक संस्कृति मागर्व गर्दै त्यसको रक्षा नगरी वास्तविक अर्थको विकास र सभ्य समाजको निर्माण हुननसक्ने उनले बताएका छन ।

उनले भने, ‘हामीले बुझ्नुपर्छ हाम्रो समाजलाई आधुनिकी करण गर्ने भनेको ,सभ्य समाज बनाउने भनेको, विकसित समाज बनाउने भनेको आफ्नो परम्परा र संस्कृति लाई बिर्सने होइन् ।

हाम्रो आफ्नो पहिचान छ । लोक संस्कृति छ । त्यो पहिचान र लोक संस्कृति मागर्व गर्दै त्यसको रक्षा नगरीकन वास्तविक अर्थको विकास ,सभ्य समाजको निर्माणहुन सक्दैन ।’