प्रतितोला एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

२५ भाद्र २०८०, सोमबार १२:५४

काठमाडौँ, २४ भदौ– आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार र तेजावी सुन एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी आज चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघल जानकारी दिएको छ ।