काठमाडौं, २४ भदौ– पूर्व प्रधाानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले, गठबन्धन सरकारका कारण देशमाव्यवसायीक समस्या देखिएको आरोप लगाएका छन् ।
शहकारी कर्मीसँग केपी ओली विषयक अन्र्तक्रियामा उनले गठबन्धन सरकार आएपछि विकास निर्माणका काम रोकिएको, बेरोजगारी बढेको र मूल्यवृद्धि भएको आरोप लगाएकाहुन् ।
उनले भने, ‘ गठबन्धन सरकार आउँदा उद्योगहरु माथि चट्याङ् परेको जस्तो भयो ।’ उनले कांग्रेस र माओवादी केन्द्र शहकारी नीतिको विरुद्धमा रहेको आरोप लगाए ।
उनले भने, ‘काङ्ग्रेस सैद्धान्तिक र नीतिगत हिसाबले शहकारीको पक्षमा छैन् । अर्को पार्टीलाई नीतिको अर्थ नै छैन्, नीतिसँग कुनै सरोकार छैन् माओवादी भन्ने पार्टीलाई उसले फाईदा मात्रै जान्दछ ।’
उनले भने ‘क्वीन्टल का क्वीन्टल सुन ल्याए जस्तो फाइदाहुदैँन्, उसलाई धेरै फाइदा चाहिने मानिस हो । माओवादी लाई सहकारीको मतलब छैन् ।’
अहिलेको सरकारले राष्ट्रिय उद्योगीहरु लाई छानिछानि लखेट्ने गरेको आरोप लगाउँदै कसैले त्यसको विरुद्धमा बोले पक्राउ गर्ने गरेको बताए ।
