पाँच पटक प्रधानमन्त्री हुनु लजास्पदः रविन्द्र मिश्र

२४ भाद्र २०८०, आईतवार १८:३८

काठमाडौं ,२४ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले एउटै व्यक्ति पाँचपटक प्रधानमन्त्री बन्नु लज्जाको कुरा भएको बताएका छन ।

आज (आइतबार) काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलापनीतिको अन्तर्य र औचित्य’विषयकविचार गोष्ठि कार्यक्रममा उनले पाँच चोटी प्रधानमन्त्री हुन गौरवको कुरा नभई लजास्पद कुरा भएको बताएका छन ।

उनले भने, ‘आर्थिक अवस्थान्युन छ र नेताहरु कुनै पनि बेलापाँच चोटिबाट७ चोटि सम्म प्रधानमन्त्री बन्नतयार भएर बसेका छन् । पाँचपटक प्रधानमन्त्री हुनु गौरबको कुरा हैन लजास्पद कुरा हो ।

‘३ चोटी ४ चोटीमन्त्रीहुनभनेको लज्जाको कुरा हो । त्यो गर्वको कुरा होईन । त्यो भनेको देशलाईअस्थीर बनाएको र प्रधानमन्त्रीभएर पनि केही गर्न नसकेको प्रमाणहो । ’

धेरै पटक प्रधानमन्त्रीहुनु भन्दा आफ्नो नेतृत्वमा के काम भयो भन्ने कुरा महत्वपूर्ण भएको उनले बताएका छन ।