काठमाडौं, २४ भदौ– प्रहरीले अवैध लागूऔषधसहित प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा काठमाडौं, नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ताप्लेजुङ खक्कलुङ गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन लिम्बु समेत ३ जना रहेका छन ।
अवैध लागूऔषध गाँजा ८ सयग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरीएको प्रहरीले जनाएको छ । लिम्बुको कोठाभित्र अवैध लागूऔषधलुकाई राखेको भन्ने सूचानको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले कोठातलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
