काठमाडौं, २४ भदौ– परराष्ट्र मन्त्री एनपी साउदले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणलाई सफलबनाउन नेपालको सबै राजनीतिक तहमा सहमतीभएको बताएका छन् ।
प्रधानमन्त्रीको चीन भ्रमणबारे राय सुझावको लागि आयोजित छलफल पछि उनले पूर्व परराष्ट्र मन्त्रीहरुसँग चीन भ्रमणको बारेमा गम्भीर छलफल भएको भन्दै प्रधानमन्त्रीले प्राप्त सुझावहरुलाई महत्वपूर्ण रुपमालिएको बताए ।
उनले भने, ‘पूर्व परराष्ट्र मन्त्रीहरुलाई आमन्त्रण गरेर चीन भ्रमणको बारेमा गम्भीर छलफल भएको छ । उहाँहरुले भ्रमणको समयमागनुपर्ने आवश्यक तयारी, राख्नुपर्ने प्रस्ताव, अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा महत्वपूर्ण सुझाव र सल्लाहदिनु भएको छ ।
त्यसको लागि आज उपस्थित सबैलाई प्रधानमन्त्रीले धन्यवाददिनु भएको छ र सुझाव हरुलाई महत्वपूर्ण रुपमालिएको छ । भ्रमणलाई सफलबनाउने बारेमा नेपालको सबै राजनीतिक तहमा सहमतीभएको छ ।’
यस्तै, जनमत पार्टीको अध्यक्ष सिके राउतले पनि नेपालमा उद्योगहरु खोल्ने र त्यसबाट उत्पादनभएको वस्तु चीनले नै आफ्नो माफर्त निर्यात गर्ने मोडेल बनाउँनु सुझावदिएको भन्दै यसबाट स्थानियतहमा रोजगारी सिर्जना हुने बताए ।
उनले भने, ‘चीन माभएको मोडेलमा चीनले नेपालमा उद्योगहरु खोल्ने त्यसबाट उत्पादन भएको वस्तु भने चीनले नै आफ्नो माफर्त निर्यात गर्ने मोडेलमा बनाउँनु पर्ने सुझाव पनि दिएका छौ । यसले लोकलतहमा रोजगारी सिर्जना हुन्छ ।
कृषिमाभने रासायनिक मलहरुमा पनि आत्मनिर्भर हुन सकोस यसले किसानलाई सहयोग हुन्छ भन्ने सुझाव पनि दिएका छौ ।’
उनले गरिबीनिवारणमा चीनले ठूलो सफलता हासिल गरेको उल्लेख गर्दै त्यसको अनुभवको आधारमा नेपाललाई गरिबी मुत्त बनाउँन सहकार्य गर्नु पर्ने पनिबताए ।
उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले जनता लेप्रत्यक्षलाभपाउने विषयहरु उठाउन आग्रह गरेको बताए ।
उनले भने, ‘रास्वपाको तर्फबाट लिखित रुपमा सात वटा बुदाँदिएका छौ । अर्कोनक्साको विषयलाई पनिचासोका साथजानकारी गराएका छौ ।
जनताको थाहापाउँने तहमायसको बारेमा आफ्ना धारणा, देशको धारणा राख्नु पर्छ, बोर्डर खोल्ने विषयमा र महत्वपूर्ण कुरा भनेको भारत भ्रमणमा धेरै ठूलो टोलीगयो भन्ने कुरा थियो त्यो विषयमापनि सचेत हुनुपर्छ ।’
