बर्दिया, २४ भदौ– प्रहरीले बर्दियामा एक महिला माथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–९ बस्ने ३९ बर्षिय शेर बहादुर खड्का रहेका छन् ।
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो पीडित महिलालाई आरोपितले बारबर्दिया
४ सिटी बरेलीमा गत भदौ २० गते राती २ बजे बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिए पछि पीडक खड्कालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको डीएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए ।
