काठमाडौं, २४ भदौ– प्रमुख प्रतिपक्षी दल एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले, कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार रहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्रीको चीन भ्रमणबारे राय सुझावदिनप्रधानमन्त्रीकार्यालय सिंहदरबारमा आयोजित छलफलपछि उनले कोशी प्रदेशप्रति वितृष्णा बढाउने र कोशीमा मध्यावधि निर्वाचनमा जाने दुवै मनसाय एमालेको नभएकोले कांग्रेससंग सहकार्य गर्न तयार रहेको बताएका छन ।
प्रदेशमा निषेधको राजनीतिबन्द गर्नुपर्ने धारणा राख्दै उनले कांग्रेसलाई सरकार निर्माणमा मनाउने प्रयत्नगर्ने बताए । उनले भने, ‘त्यहाँ (कोशी) मा जुन ढंगको शक्ति सन्तुलनको अवस्था छ ।
निषेधगरेर जाने खालको बाटोमा नजाउ। उहाँहरुले निषेध गर्न कोसिस गर्नुभयो,संविधानमिच्ने कामहरु भएत्यसको परिणाम आजपनिहामीले भोगिरहेका छौ ।
अबपनित्यहि बाटोमा जाने हो भने यात प्रदेशप्रतिको वितृष्णा एकदमै बढेर जान्छ यात त्यसको समाधानकानिम्तिनयाँचुनावमाजानुपर्ने हुन्छ ।
दुवै कुरा अहिले हाम्रो प्राथमिकतामा छैनन् ।’ उनले मध्यावधिनिर्वाचनमा जाने रुचि एमालेको नभएको र प्रदेश प्रतिनागरिकको वितृष्णा बढोस् भन्ने पनिनचाहेको स्पष्ट पार्दै प्रदेशमा सरकार निर्माणको लागि नेपालीकांग्रेसको साथमाग्ने बताए ।
उनले प्रदेशको हित र संविधानको रक्षार्थ कोशीमाएमालेलाई कांग्रेसले जिम्मेवार रुपमा साथदिनुपर्ने धारणा राखे । ‘मध्यावधिमाजानेपनिहाम्रो रुचि छैन र प्रदेशप्रति नै वितृष्णा बढोस भन्ने पनिहामीचाहँदैनौ ।
त्यसैले नेपालीकांग्रेसले एउटा जिम्मेवार भूमिका खेलोस्भन्ने हाम्रो प्रयास हुने छ । हामीउहाँहरुसँग सम्वादमा छौं’, ज्ञवालीले भने ।
