काठमाडौं, २४ भदौ–आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
गत शुक्रबार छापावाला सुनप्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि आज प्रतितोलामा ४ सय रुपैयाँले नै घटेर १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तैगरी चाँदीको मूल्य भने प्रतितोलामा १० रुपैयाँले घटेर आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
