काठमाडौं २४ भदौ– जनयुद्ध, जनआन्दोलन तथाअपाङ्ग संघर्ष समितिकापीडितहरुले घाईते तथाअपाङ्गभएकाव्यक्तिहरुको उचितव्यवस्थापननगरिए सामुहीकआत्मदाह गर्ने चेतावनीदिएकाछन् ।
आज (आईतबार) काठामाडौंमा आयोजितपत्रकार सम्मेलनमाउनीहरुले जनयुद्धकाघाइते र अपाङ्गहरु तड्पिएर बाँच्नबाध्य रहेको भन्दै उचितव्यवस्थापनकालागिसरकारको ध्यानाकर्षण गराएकाहुन् ।
जनयुद्धकाघाईते चेतनसिग्देलले सरकारले आफूहरुलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थागर्नुपर्ने बताए । आफूहरुको व्यवस्थापनलाई राज्यले नजर अन्दाज गरे आत्मदाह गर्ने उनको चेतावनी छ ।
‘हामीकाम गरिखाननसक्ने घाईते कयौं साथीहरुकालागि राज्यले तुरुन्तै गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गरोस् । यदिहाम्रो समस्याको बेवास्ता गरियो भने हामीहरु संघर्षमा जानेछौं ।’
उनले भने ‘पार्टी र नेताको नाममा संयुक्तआत्मदाहपनि गर्नेछौं ।’ उनले भने, ‘हाम्रो समस्याको बेवास्ता गरियो भने क्यान्टोनमेन्टभित्रको वास्तविकतापनिबाहिर ल्याउनेछौं ।’
नेताहरुलाई जंगलदेखि महलसम्मपुर्याउनबारुद र छर्रा शरीरमा बोकीजनयुद्धलडेका घाईते, अपाङ्गले औषधोपचारका लागिव्यक्तिगत सम्पत्ति बेचेर पनिनपुग्ने अवस्था रहेको उनीहरुको भनाई छ ।
जनयुद्धकाघाईते, अपाङ्गहरु हातमुखजोर्न र औषधोपचार गर्न नसक्दाआत्महत्या गर्ने परिस्थितिमा रहेकोभन्दै उनीहरुले राज्यले गरिखाननसक्ने अवस्थामा रहेकाहरुको जिम्मालिनु पर्ने माग राखे ।
पूर्वजनमुक्ति सेनाकाकमाण्डर लाहानु चौधरीले प्रधानमन्त्रीप्रचण्डले जनुमक्ति सेनालाई तत्कालिनप्रधान सेनापति रुकमाङ्गदकटुवालको अगाडिप्यारालाईज गराएको आरोप लगाए ।
प्रचण्डसंसदीयव्यवस्था स्वीकार गरेर खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँमाआइपुगेको उनको टिप्पणी छ ।
