काठमाडौ,२४ भदौ– डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐर रहेका छन ।
केआईसिंह राजमार्गअन्तरगत गन्यापधुरा गाउँपालिका–२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुंगा लागेर ऐरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सवार ऐरलाई माथिबाट खसेको ढुंगा लागेको प्रमुख प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिएका छन ।
गम्भीर घाइते ऐनलाई थप उपचारका लागि धनगढी रेफर गरिएकोमा राति बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक नायकले जानकारी दिएका छन ।
ऐरको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ । रडुवामा शनिबार आएको पहिरोका कारण केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।
