सन्दीप प्रकरण: पीडित किशोरीको जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश

२१ भाद्र २०८०, बिहीबार १८:४१


काठमाडौ, २१ भदौ– काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा पीडित किशोरीको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी बसाइसराइ गरी गएको स्थानीय तहबाट अभिलेख झिकाउने आदेश दिएको हो ।

अदालतले काठमाडौँको एक स्थानीय तहबाट २०६९/१०/१५ मा नुवाकोटमा बसाइसराई गरी जाने क्रममा काठमाडौँको स्थानीय तहमा पेश गरेको कागजातको अभिलेख झिकाउने आदेश दिएको छ ।

यसअघि बसाइसराई गरी गएको स्थानीय तहबाट कागज मगाएको थियो । सात दिनभित्र अभिलेख झिकाई निरन्तर सुनुवाइका लागि पेश गर्न आदेशमा आग्रह गरेको छ । योसँगै अब अर्को पेशी भदौ २६ गतेलाई तोकिएको छ ।