काठमाडौ, २१ भदौ– प्रतिनिधि सभाका सभामुख देवराज धिमिरेले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा भएको एक पाँच वर्षिया बालिकाको मृत्युबारे यथार्थ जनाकारी संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन ।
आज बिहीबार बसेको प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले दुवै घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका थिए ।
त्यसपछि सभामुखले दुवै घटनाबारे सरकारलाई संसदमा जानकारी दिन रुलिङ गरेका हुन ।
