काठमाडौ, २१ भदौ– राष्ट्रिय प्रजतान्त्र पार्टी राप्रपाले कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध नभएको बताएका छन ।
आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका महामन्त्री एवं संसाद धवलशमशेर राणाले यस्तो बताएका हुन ।
उनले राप्रपाले हिंसाको राजनीतिमा कहिले पनि विश्वास नगर्ने र राप्रपाले हिंसाको राजनीति अहिले सम्म नगरेको बताएका छन । प्रतिनिधि सभामा बोल्दै उनले कांग्रेस सहमहामन्त्रीमाथिको आक्रमण गर्ने व्यक्तिलाई लिएर राप्रपामाथि आक्षेप लगाउने प्रयास भइरहेको बताएका छन ।
महामन्त्री राणाले भने, ‘आक्रमणपछि उहाँले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा र एमसीसीको विरुद्धमा नारा लगाए । महेन्द्रजीले बोल्दा पनि उहाँले विरोध जनाइराख्नुभएको थियो ।
त्यो घटनाप्रति दुःख व्यक्त गर्छौं । त्यो व्यक्ति हाम्रो पार्टीमा कुनै पनि हिसाबले संलग्न थिएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हिंसाको राजनीतिमा न विश्वास गरेकोथ्यो न त आउने दिनमा गर्छ । यो विषय प्रस्ट होस् ।’ उनले दोषीलाई कारबाही गर्नसमेत माग गरेका छन ।
