काठमाडौ,२० भदौ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनको लागि निजी क्षेत्रले भुमिका खेल्नु पर्ने बताएका छन ।
आज (बुधवार) नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विद्युतीय सवारी साधनको बिस्तार र चार्जिङ स्टेशन विस्तारको लागि निजी क्षेत्रको आवाश्यकता रहेको बताएका छन । निर्देशक घिसिङले निजी क्षेत्रलाई चार्जिङ स्टेशन बिस्तारको लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको पनि बताएका छन ।
उनले भने, ‘ आगामी दिन नेपालको ग्रीन इनर्जी कन्भर्सन हुँदैछौं । यसले नेपालको अर्थतन्त्रलाई राम्रो योगदान गर्नेछ । ५१ वटा चार्जिङ स्टेशन शुरु गरेको दुई वर्ष भयो । प्राधिकरणले ११ वटा थप गर्दैछौं ।
सरकारले चार्जिङ स्टेसनहरु यात्रा गर्दा सहज हुने गरी बनाउनको लागि निजी क्षेत्रलाई ल्याउनको लागि नीति बनाउन लागिएको छ’ उनले भने, ‘बोर्डले निजी क्षेत्रलाई सहज रुपमा ल्याउनको लागि नीतिहरु संशोधन गर्दैछ ।
निजी क्षेत्र आउनुपर्छ । प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सफरमर देखि विद्युत सप्लाईको साइटमा लगानी गरिरहेका छौं । जग्गा र चार्जिङ स्टेशन भयो निजी क्षेत्रलाई अरु सेविधाहरु प्राधिकरण लगानी गर्छ ।
उनले निजी क्षेत्र आएमा प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सफरमरदेखि विद्युत सप्लाईको साइटमा लगानी गरिरहेको उल्लेख गर्दै जग्गा र चार्जिङ स्टेशन लगानी गरे अरु सेविधाहरुमा प्राधिकरणले लगानी गर्ने पनि बताएका छन ।
निर्देशक घिसिङले विद्युत प्राधिकरणले ५१ वटा स्थानको चार्जिङ स्टेशनको एक साथ उद्घाटनले देशभर विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सहयोग पुग्ने पनि दाबी गरेका छन ।
पछिल्लो समय माईक्रो बस, ट्याक्सी र व्यक्तिगत सवारी साधनहरु गरी धेरै विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएको उनको भनाई छ ।
घिसिङले चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने बताएका छन । उनले चार्जिङ स्टेसनबाट चाँज गर्दा पेट्रोलिय पदार्थ भन्दा करिव १५ देखि २० गुणा सस्तो पर्ने भन्दै डिजेल पेट्रोलमा ६ हजा लाग्ने ठाउँमा ४ सय रुपैयाँले पुग्ने अवस्था रहेको बताएका छन ।
