राहात विरतरणको लागि गृहमन्त्री श्रेष्ठ मुस्ताङ जाँदै

१९ भाद्र २०८०, मंगलवार ०९:०३

काठमाडौ., १९ भदौ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुस्ताङ जाने भएका छन् ।

कागबेनीमा बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि राहात विरतरणको लागि गृहमन्त्री श्रेष्ठ मुस्ताङ जाने भएका हुन् । बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ ।

गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थियो ।