नेपालले छैटौं विकेट पनि गुमायो, २३ रन बनाएर आउट भए गुलशन झा

१८ भाद्र २०८०, सोमबार १७:३९


काठमाडौ, १८ भदौ– श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदान जारी एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले छैटौं विकेट पनि गुमाएको छ । नेपालका गुलशन झा २३ रन बनाएर क्याच आउट भएका हुन । उनलाई मोहमद सिराजले क्याच आउट गराएका हुन ।

यसअघि नेपालका ओपनर आएका आसिफ शेख ५८ रन बनाएर आउट भएका थिए । उनलाई । उनलाई शार्दुल ठाकुरले क्याच आउट गराएका थिए ।