काठमाडौ, १८ भदौ– श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदान जारी एसिया कपमा भारतविरुद्धको खेलमा नेपाली टोलीका ओपनर ब्याट्म्यान आसिफ शेख भारतविरुद्ध अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।
एसीसी एसिया कप अन्तर्गत भारतविरुद्ध उनले अर्धशतक पुरा गरेका छन ।
आसिफले ८८ बल खेल्दै ७ चौका प्रहार गर्दै ५० रन बनाउन सफल भएका छन । योसँगै भारतसँग एकदिवसीय अर्धशतक बनाउने उनी पहिलो खेलाडी बनेका छन् ।
