नेपालले चौथो विकेट गुमायो, दुई रन बनाएर आउट भए कुशल मल्ल

१८ भाद्र २०८०, सोमबार १७:०३


काठमाडौ, १८ भदौ– श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदान जारी एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा सोमबार नेपालले आफ्नो चौथो विकेट पनि गुमाएको छ ।

चौथो विकेटका रुपमा नेपालका कुशल मल्ल पेभेलियन फर्किएका हुन् । उनी दुई रनको व्यक्तिगत स्कोरमा आउट भएका छन । उनको विकेट रविन्द्र जडेजाले लिएका हुन ।

जडेजाले कुशल मल्ललाई मोहम्मद सिराजद्वारा क्याच गराएका हुन । नेपालले २१.५ ओभरमा चार विकेट गुमाएर एक सय एक रन बनाउन सफल भएको हो।