एसिया कप क्रिकेट, नेपालको सय रन पूरा

१८ भाद्र २०८०, सोमबार १६:५६


काठमाडौ, १८ भदौ– श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदान जारी एसिया कपमा भारतविरुद्ध नेपालले सय रन पूरा गरेको छ ।

२१ ओभरमा ३ विकेट गुमाउँदै नेपालले आफ्नो सय रन पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो साझेदारी गरेका थिए ।

भुर्तेलले ६ छक्का र तीन चौकासहित २५ बलमै ३८ रन बनाएर आउट भएका हुन । दोस्रो विकेटका रुपमा भीम सार्की सात रनमै आउट भए भने तेस्रो विकेटका रुपमा कप्तान रोहितकुमार पौडेल पाँच रनमै आउट भए ।

नटआउट आसिफले ४४ रन बनाएका छन ।