नेपालले तेस्रो विकेट गुमायो: पाँच रन बनाएर आउट भए कप्तान रोहित पौडेल

१८ भाद्र २०८०, सोमबार १६:५०


काठमाडौ, १८ भदौ– श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदान जारी एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्घको खेलमा सोमबार नेपालले आफ्नो तेस्रो विकेट पनि गुमाएको छ ।

तेस्रो विकेटका रुपमा नेपालका कप्तान रोहित पौडेल पेभेलियन फर्किएका हुन् । उनी केवल पाँच रनको व्यक्तिगत स्कोरमा आउट भएका छन । उनको विकेट रविन्द्र जडेजाले लिए ।

जडेजाले रोहितलाई भारतीय कप्तान रोहित शर्माद्वारा क्याच गराएका हुन् । नेपालले २० ओभरमा तीन विकेट गुमाएर ९३ रन बनाउन सफल भएको छ ।