काठमाडौ, १८ भदौ– श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदान जारी एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्घको खेलमा सोमबार नेपालले आफ्नो दोस्रो पनि विकेट गुमाएको छ ।
दोस्रो विकेटका रुपमा भीम सार्की पेभेलियन फर्किएका हुन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले १७ बलमा सात रन बनाउन सफल भएका छन ।
उनी भारतीय बलर रविन्द्र जडेको बलमा आउट भएका हुन । नेपालले १६ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएको छ ।
