काठमाडौ, १८ भदौ– नेपाली ब्याटर कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो एक हजार रन पूरा गरेका छन् ।
आज (सोमबार) एसिया कपमा भारतविरुद्ध खेल्दै भुर्तेलले आफ्नो एक हजार रन पूरा गरेका गरे। एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो नेपाली खेलाडी भएका छन ।
नेपालका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन् । भुर्तेलले ४६ औं खेलमा हजार रन पूरा गरेका हुन ।
