डुंगा दुर्घटना

१८ पुष २०७४, मंगलवार १०:३५

पुस १८,जाकार्ता । (एजेन्सी)
इन्डोनेसियाको मध्य भगमा सोमबार ४० जनाभन्दा बढी यात्रु बोकेको एउटा ढुंगा पल्टिँदा ८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् ।


इन्डोनेसियाको राष्ट्रिय खोजी तथा उद्धार निकायले यस दुर्घटनामा अन्य थुप्रै व्यक्ति हरइरहेको बताएको छ ।ठूलो संख्यामा बालबालिका पनि चढेको सो ढंगा बोर्नियो टापुबाट उत्तरीभागतर्फ जाने क्रममा पल्टिएको हा ।
अनुुग्रह एक्सप्रेर सो दुर्घटानाको कारण अझै खुल्न नसकेको जनाइएको छ ।सो ढुंगा बोर्नियो टापुको तान्जुंग सेलोरबाट टाराकानतर्फ जाँदै थियो ।