एसिया कप क्रिकेट: भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

१८ भाद्र २०८०, सोमबार १५:०१

काठमाडौ, १८ भदौ– एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । भारतले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो ।

नेपाल र भारतबीचको खेल श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुदैँछ । प्रथम पटक एसिया कपमा सहभागिता भएको नेपालले खेल्न लागेको यो दोस्रो खेल हो ।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पाकिस्तासँग सामना गरेको थियो । नेपाली टोली आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो ।

समूह ‘ए’ बाट पाकिस्तान प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । नेपाल र भारतबीचको खेलमा विजयी हुने टोली पनि ‘सुपर फोर’ चरणमा पुग्ने भएको छ । त्यसैले यो खेल नेपाल र भारत दुवै टोलीका लागि उत्तिकै महत्त्वपूर्ण रहेको छ ।