काठमाडौं, १८ भदौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले क्रिकेट खेलाडीहरुलाई १७ लाख दिने भनेर गरेको वाचा किन पूरा नगरेको भन्दै प्रश्न गरेका छन् ।
(आज) सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद कार्कीलेभारतमा क्रिकेटका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा, नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढि नपाएको भन्दै खेलाडीहरुलाई दिन भनेको पैसा छिटोभन्दा छिटो वितरण गर्न ध्यानाकर्षण गराएका छन् ।
उनले भने, ‘प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि भनेर नेपाल नामिबिया स्कटल्यान्ड काठमाडौंमा ३ लाख, नेपालले यूएइमा खेल्दाँ ३ लाख , नेपालले यूएइ पिएनजी काठमाडौंसँग खेल्दा ३ लाख, प्रधानमन्त्रीले घोषणा गरेको २ लाख र एसीसी कप जित्दा ६ लाख गरेर नेपालका खेलाडीहरुलाई १७ लाख दिने भनेर बाचा गर्नुभयो तर अहिलेसम्म त्यो पैसा पुगेको छैन् । आज हामी खेलाडीहरुलाई बधाई दिदैँ गर्दा डर लाग्छ कि लाग्दैन् । भारतमा क्रिकेटका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा, नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी छैन् । खेलाडीहरुलाई दिन भनेको पैसा किन दिएको छैन् त्यो दिनु पर्छ ।’

यस्तै सांसद शाहीले कर्णाली राजमार्गको जुम्लाको सडक खण्डमा हुने गरेको दुर्घटनाको विषय उठाँउदै कर्णाली राजमार्ग बनाउँन लागेको हो की मृत्युमार्ग बनाएको भन्दै प्रश्न गरेका छन् ।
उनले उक्त राजमार्ग छिटो व्यवस्थित गर्न पनि माग गरेका छन् ।
उनले भने, ‘भदौ १७ गते विहान ६ ३० बजे जुम्लाको कनका सुन्दरी गाँउपालिका वडा नं. ४ मा गाडी दुर्घटना हुदाँ चालक र सहचालकको मृत्यु भएको छ । २०६६ /६७ देखि अहिलेसम्म कर्णाली राजमार्गको जुम्लाको सडक खण्डलगायतमा ४३३ वटा सवारी दुर्घटना भए १९९ जनाले ज्यान गुमाए र कम्तीमा ८ सयभन्दा बढी
