वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

१८ भाद्र २०८०, सोमबार १२:२६

काठमाडौ, १८ भदौ– वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले आत्माहत्या गरेका छन । सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षको रहेको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जानकारी दिएका छन ।

सूचना अधिकारी मिश्रका अनुसार घटना आज बिहान करिब २र३ बजेतिरको हो । उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए ।

त्यसपछि उनी माथि तलामा गएर हाम फालेका उनले जानकारी दिएका छन । अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ ।

‘उनी बाहिरका मान्छे हुन् । यो मेरो मान्छे हो भनेर कोही भन्न आएको पनि छैन, लाश बेवारिसे अवस्थामा छ,’ उनले भने ।