एसियन कप क्रिकेट: नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

१८ भाद्र २०८०, सोमबार ०८:५४

काठमाडौं,१८ भदौं– आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदैछ ।

एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेबाट सुरु हुनेऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ ।

नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।