सरकारले इतिहासले नै सम्झिने गरी काम गर्छ: प्रधानमन्त्री प्रचण्ड

१६ भाद्र २०८०, शनिबार ११:३८

काठमाडौं, १६ भदौ.– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिने गरी काम गर्ने बताएका छन् ।

आज (शनिबार) प्रधानमन्त्री प्रचण्डले जनतासँग माओवादी विषेश रुपान्तरण अभियानको उद्घाटन गर्दै सरकारले इतिहासले नै सम्झिने गरी सामाजिक न्याय र सुशासनको क्षेत्रमा जनपक्षीय कामको सुरुआत गरेको बताएका हुन् ।

उनले आफ्नो पार्टीले गरेको गल्तिलाई सुधारेर आत्मआलोचनासहित आजबाट रुपान्तरण अभियानमार्फत् जनतामाझ गएको समेत बताए । यस्तै माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुनले धर्मनिरपेक्षेतालाई परिमार्जन सहित व्यवस्थित गर्ने जिम्मा नेकपा माओवादी लिनैपर्ने बताएका छन् ।