काठमाडौँ, १५ भदौ– नेकपा माओावदी केन्द्रका अध्यक्ष्ँ एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल निर्दोष सावित भएको बताएका छन ।
आज शुक्रबार समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले उक्त प्रकरणमा उनलको संलग्नता नरहेको पुष्टि गरेसँगै नेता नेपाल निर्दोष सावित भएको बताएका छन ।
उनले भ्रष्टाचार प्रकरणमा जुनसुकै पार्टी भए पनि दोषी भए कारबाही हुनुपर्छ भनेर आफैले भनेको भन्दै उनले अघि भने,‘तपाईँहरूले हेर्नुभयो भने माधवजी यहाँ हुनुहुन्छ । माधवजीको बारेमा पनि धेरै प्रश्नहरू के हो कसो हो भनेर बनिनै राख्यो ।’
प्रधानमन्त्री प्रचण्डले माधव नेपालमाथि सीआईबीले बयान लिएपछि प्रश्न उठाउने ठाउँ नै नरहेको बताए । ‘र, पहिलोचोटी अहिले उहाँ निर्दोष हो भन्ने साबित भएको छ ।
औपचारिक ढङ्गले साबित भयो अब फेरि प्रश्न उठाउने ठाउँ रहेन’, प्रचण्डले भने,‘ किनभने सीआईबीले अन्ततः उहाँको पनि के हो कुरा भनेर बयान त लियो र निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा दिएपछि सँधैको टेन्सन माधवजीलाई मात्र होइन त्यो टेन्सन मलाई पनि थियो , अब हट्यो ।’
