नेता फत्तबहादुर ठकुरी माओबादी केन्द्रमै फर्किए

१५ भाद्र २०८०, शुक्रबार १५:०६

काठमाडौं, १५ भदौ– उदयपुरमा वडाध्यक्षकै टिकटका लागि अर्को पार्टी प्रवेश गरेका एक स्थानीय नेता हारेपछि फेरि पुरानो पार्टीमै फर्किएका छन् । गएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको टिकट लिन पार्टी छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजबादी पार्टीतिर लागेका थिए ।

चुनाव हारेसँगै समाजबादीमा कमै मात्र सक्रिय देखिदै आएका स्थानीय नेता फत्तबहादुर ठकुरी पुरानै आफ्नो दल नेकपा माओबादी केन्द्रमा फर्किएका हुन् । माओबादीले केहीदिनयता शुरु गरेको ‘जनतासँग माओवादी केन्दको विशेष रुपान्तरण अभियान’को क्रममा पार्टीका नेताहरुले ठकुरीलाई खाँदा माला लगाएर भित्राएका थिए ।

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचन पेरिफेरि उनी समाजवादी पार्टीमा प्रवेश गरी ताप्ली गाउँपालिका वडा नम्बर ४ को टिकट लिई चुनाव लडेका थिए । तर पार्टीबाट टिकट पाएजस्तै सजिलो गरी जनताबाट मत पाउन सकेनन् । फलतः उनी पराजित भए ।

यता माओवादी केन्द्रले यही १६ गतेदेखि देशभर एकैपटक ‘जनतासँग माओबादी विशेष रुपान्तरण अभियान’ लगातार तीन महिनासम्म सञ्चालन गर्ने भएको छ । यसबीच संगठन बिस्तार, सुढृड र नागरिकसँगको सम्बन्ध सुधारलाई मुख्य जोड दिने पार्टीको केन्द्रिय रणनीति छ । पछिल्लो समय माओबादीले नेतृत्व गरेको सरकारले भ्रष्टाचार र बिभिन्न प्रकरणमा संलगनहरुलाई धमाधम पक्राउ गर्दै कारवाहीको प्रक्रिया अगाडि बढाएपछि आम नागरिक सकारात्मक हुँदै आएको देखिन्छ ।