काठमाडौँ, १४ भदौ– काठमाडौ माहानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन चिनले पछिल्लो समय जारी गरेको नक्सा प्रति आपत्ति जनाएका छन ।
साथै उनले नेपाली भुभाग चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु गलत भएको पनि बताएका छन । उनले चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने चेतावनि दिएका छन ।
उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘ हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’
