
काठमाडौँ, १३ भदौ– एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले खराब सुरुवात गरेको छ ।
मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो । २४३ रनको लक्ष्य पछ्याएको पहिलो ओभरमा २ विकेट र दोस्रो ओभरमा १ गरि ३ विकेट गुमायो । शाहिद अफ्रिदीको पाँचौं बलमा कुशल भुर्तेल आउट भए ।
अर्को बलमा कप्तान रोहितकुमार पौडेल पनि आउट भए भने नशिम शाहको बलमा आशिफ शेख पनि आउट भए ।
