नेपालविरुद्ध बाबरको अर्धशतक

१३ भाद्र २०८०, बुधबार १७:३४

काठमाडौँ, १३ भदौ– आज बुधबारबाट सुरु भएको एसिया कप–२०२३ को पहिलो खेलमा अहिले पाकिस्तान र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् ।

मुल्तान स्टेडियममा भएको टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले अर्धशतक प्रहार गरेका छन ।

उनले ७२ बलमा ४ चौकाको सहयोगमा अर्धशतक पूरा गरे । उनलको अर्धशतकसँगै पाकिस्तान २९ ओभरमा चार विकेट गुमाएर १२८ रन बनाउन सफल भएको छ ।