पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन

१३ भाद्र २०८०, बुधबार १७:२७

काठमाडौँ, १३ भदौ– आज बुधबारबाट सुरु भएको एसिया कप–२०२३ को पहिलो खेलमा पाकिस्तानविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

१० ओभरको समाप्तीमा राम्रो प्रदर्शन गर्न सक्दा पिचमा नेपाली खेलाडी उत्साहित रहेका छन । पहिलो पावर प्लेमा नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गरेको छ ।

नेपालका करण केसीले फखर जमानलाई १४ रनमा उत्कृष्ट क्याचमार्फत् आउट गरे । कप्तान रोहितकुमार पौडेलले इमाम उलहकलाई ५ रनमा क्याच आउट गरे ।

यो समाचार तयार पार्दसम्म पाकिस्तानले १९ ओभरमा २ विकेटको क्षतिमा ८४ रन जोडेको छ ।