नेपाली बलरसामु पाकिस्तानी ब्याट्सम्यान दबाबमा: १० ओभर सकिँदा दुई विकेट गुमाएर ४४ रन

१३ भाद्र २०८०, बुधबार १६:३५


काठमाडौ, १३ भदौ– एसिया कपको आज बुधबार भएको उद्घाटन खेलमा नेपाली बलरले पाकिस्तानी ब्याट्सम्यानलाई दबाबमा पारेका छन ।

पहिलो पावर प्लेको समाप्तिसम्म पाकिस्तानले दुई महत्त्वपूर्ण विकेट गुमाएर ४४ रनमात्र सकेको छ । नेपालका तीव्र गतिका बलरहरुले पाकिस्तानी बलरलाई दबाब दिएका हुन । पाकिस्तानको पहिलो विकेट करण केसीले लिएका थिए ।

उनले पाकिस्तानी ब्याट्सम्यान फाखर जामनको विकेट लिएका थिए । करणले जामनलाई १४ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आशिफ शेखद्वारा क्याच गराएका थिए ।

करण एसिया कपमा विकेट लिने पहिलो नेपाली बलर बन्न पनि सफल भएका छन । त्यसपछि पाकिस्तानी ब्याट्सम्यान इमाम उल हकलाई कप्तान रोहित पौडेलले रनआउट गराएका थिए ।

पहिलो विकेट खस्दा पाकिस्तानले २१ रन र दोस्रो विकेट खस्दा २५ रन बनाएको थियो । अहिले पाकिस्तानी कप्तान बाबर आजम र मोहम्मद रिजवान क्रिजमा रहेका छन ।