पाकिस्तानविरुद्ध कडा चुनौती पस्किनेछौं: रोहित पौडेल

१३ भाद्र २०८०, बुधबार १५:३०


काठमाडौ, १३ भदौ– एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध कडा चुनौती पस्किने राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले बताएका छन ।

उनले एसिया कपको उद्घाटन खेल अघि पत्रकार सम्मेलनमा प्रतियोगितामा पाकिस्तान र भारतलाई प्रतिस्पर्धात्मक चुनौती पेश गर्ने पनि बताएका छन ।

उनले भने, ‘एसिया कप नेपालका लागि ठुलो उपलब्धि हो । पाकिस्तान ठुलो टिम हो । तर पाकिस्तानविरुद्धको खेल प्रतिस्पर्धात्मक हुनेछ ।

हामी लायक छौं, त्यही भएर एसिया कपमा छौं ।’ कप्तान रोहित भने । उनले पाकिस्तान र नेपाली टिममा अनुभवको मात्र फरक रहेको भन्दै दुवै टिममा राम्रा बलर र ब्याट्सम्यान रहेको बताएका छन ।

उनले पाकिस्तानी टिम भन्दापनि हरेक एक बलमा केन्द्रित भएर पाकिस्तानविरुद्ध मैदान उत्रने बताएका छन । कप्तान रोहितले एसिया कपका लागि नेपालले राम्रो तयारी गरेको पनि बताएका छन ।

उनले जिम्बाबेमा विश्वकप छनोट र इमर्जिङ कपको दौरान टिमले राम्रो तयारी गरेको बताएका छन ।