६० किलो सुन प्रकरण: थप एकजना पक्राउ

१३ भाद्र २०८०, बुधबार १३:१६

काठमाडौ, १३ भदौ– केन्द्रीय अनुसन्धान ब्यूरोले ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न रहेको भन्दै थप एक जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न रहेको भन्दै पाल्पा घर भएका गणेश पौडेल लाई पक्राउ गरीएको एक अधिकारीले जानकारी दिएका छन ।

हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले ३ साउन मा बरामद गरेको थियो ।

सो सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याइएको थियो । सुन प्रकरणमा पक्राउ गरिएका गणेश पौडेल सहित पक्राउ पर्नेका सङ्ख्या २४ पुगेको ति अधिकारीले जानकारी दिएका छन ।

तस्करीमा चिनियाँहरूको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिएका छन ।