काठमाडौ, १३ भदौ– आज (बुधबार) देखी एसिया कप क्रिकेट प्रतियोगिताको १६ औँ संस्करण पाकिस्तानमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तानले पहिलो पटक एसिया कप खेलिरहेको नेपालको सामना गर्दैछ ।
खेलको उद्घाटन खेल नेपाली समयअनुसार, दिउँसो ३ बजे र १५ मिनेटमा हुने भएको छ । त्यसअघि पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा प्रतियोगिताको उद्घाटन समारोह गर्ने भएको छ ।
उद्घाटन समारोह नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन समारोह धेरै लामो नहुने पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले जानकारी दिएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा पाकिस्तान र नेपालका एक–एकजना गायिकाले आफ्नो प्रस्तुति दिन (पीसीबीले)जानकारी दिएको छ । उद्घाटन समारोहमा नेपाली गायिका त्रिशाला गुरुङ र पाकिस्तानी गायिका आइमा बेगले प्रस्तुति दिने पीसीबीले जानकारी दिएको छ । आइमा पाकिस्तानकी चर्चित गायिका हुन् ।
इन्स्टाग्राममा उनको ६० लाखभन्दा बढी फलोअर रहेका छन । नेपाली गायिकाका त्रिशालाको भने इन्स्टाग्राममा दुई लाख ३९ हजार फलोअर रहेका छन ।
यसका अतिरिक्त अन्य केही कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने पीसीबीले बताएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० का अध्यक्ष रोजर बिनी र उपाध्यक्ष राजिव शुक्ला पनि उपस्थित हुने पीसीबीले जानकारी दिएको छ ।
पीसीबीले उद्घाटन समारोहमा अतिथिका रूपमा बीसीसीआईका सचिव जय शाहलाई पनि निम्तो पठाएको थियो । तर, एसियाली क्रिकेट काउन्सिल ९एसीसी० का अध्यक्षसमेत रहेका शाह भने उद्घाटन समारोहमा उपस्थित हुने छैनन् ।
