काठमाण्डौ, १२ भदौ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भोली बुधबारदेखि सुरु हुने एसिया कपमा नेपालबाट १७ वर्षीय किशोर गुल्सन झा जम्न सक्ने बताएको छ ।
प्रतियोगितामा जम्न सक्ने ६ देशका ६ खेलाडीको सूचीमा आईसीसीले नेपालबाट गुल्सनलाई समावेश गरेको छ । बलिङ अलराउन्डर गुल्सनले पछिल्लो समय लगातार ब्याटबाट पनि जादुमयी प्रदर्शन गर्दै आएका छन ।
आईसीसीले पाकिस्तानका बाबर आजम, भारतका जसप्रित बुमराह, बंगलादेशका तास्किन अहमद, अफगानिस्तानका रसिद खान र श्रीलंकाका माहिस थिकसानालाई एसिया कपमा जम्न सक्ने खेलाडीको सूचीमा राखेको छ ।
गुल्सन आईसीसीको एक दिवसीय अलराउन्डरको विश्व वरियतामा १०५औं स्थानमा रहेका छन । उनले २२ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ अर्धशतकसहित ४५२ रन बनाएका छन् । उनको ब्याटिङ औसत ३४ ७६ रहेको छ ।
